हैदराबादले प्रस्तुत गरेको १६० रनको मध्यम लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– कोलकाता नाइट राइडर्स सनराइजर्स हैदराबादलाई हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा कोलकाता ८ विकेटले विजयी हुँदै उपाधिनजिक पुगेको हो।
हैदराबादले प्रस्तुत गरेको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
कोलकाताको जितमा श्रेयस ऐयरले २४ बलमा अविजित ५८ रनको योगदान दिए। वेंकटेश ऐयर २८ बलमा ५१ रन बनाएर अविजित रहे।
हैदराबादका प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए।
त्यसअघि नरेन्द्र मोदी स्ट्डियम अहमेदावादमा पहिले ब्याटिङमा उत्रिएको हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनको योगफल तयार गरेको थियो
हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए। हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन बनाए।
कोलकाताका मिचेल स्टार्कले ३ तथा वरुण चक्रवर्तीले २ विकेट लिए।
हैदराबादले फाइनल प्रवेशका लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
