संयुक्त राष्ट्र संघ नेपालका आवासीय संयोजक हन्ना सिंगर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ– हिमालमा जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाले चासो जनाएका छन्। हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रियजगत्को ध्यानाकर्षण गराउन नेपालको आयोजनामा काठमाडौँमा बुधबार शुरू भएको ‘अन्तर्राष्ट्रिय संवाद’का सहभागीले हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा जोड दिएका हुन्।
संवादको उद्घाटनसत्रमा नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले जलवायुका कारण हिमालको हिउँ पग्लिँदै गएर कालापत्थरमा परिणत भइरहेको भन्दै समयमा नै सचेत रहन आवश्यक रहेको जानकारी दिए।
हिमालका ८० प्रतिशत मानिसलाई हिमालले नै स्वच्छ खानेपानी वितरण गरेको भन्दै खानेपानीको स्रोत जोगाउनका लागि पनि हिमाल जोगाउन जरुरी रहेको मुख्य सचिव अर्यालले बताए।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण पर्वतीय क्षेत्रका स्थानीय समुदायको जनजीवनमा प्रभाव पारिरहेको बताए।
“पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ। वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने, समुद्री सतह बढ्नेलगायत समस्या बढिरहेका छन्,” उनले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ। पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ।”
अमेरिकी सहयोग नियोगकी निर्देशक कारेन वेल्चले नेपालको जैविक विविधता संरक्षण तथा वातावरणको क्षेत्रमा आफूहरुले साझेदारी गरिरहेको भन्दै आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने जानकारी दिइन्।
खाद्य तथा कृषि संगठन (एफएओ) को पर्वतीय साझेदारी सचिवालका रोसालौरा रामियोले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको असरको तथ्यांक प्रमाणित भएको भन्दै उनले पर्वतीय देशले भोगेका चुनौतीको सामना गर्न यस्ता अनुभव आदानप्रदान कार्यक्रम महत्त्वपूर्ण रहने बताइन्।
किर्गिस्तानका विशेष प्रतिनिधि डिनारा केमेलोभाले हिमाल र पहाड विश्वको ३० प्रतिशत जनता आश्रितस्थल रहेको जनाउँदै यसको संरक्षणमा सबै जुट्न आह्वान गरे। हिमाल स्वच्छ खानेपानीको स्रोत र जलविद्युत्का लागि पनि अपरिहार्य भएकाले यसको संरक्षणमा विश्वजगत्कै चासो हुनुपर्नेमा उनको जोड थियो।
संयुक्त राष्ट्र संघ नेपालका आवासीय संयोजक हन्ना सिंगर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउले जलवायु परिवर्तनको असरका कारण बाढी, पहिरोलगायत विपद् निम्तिरहेको भन्दै जलवायु परिवर्तनको असर समाधान सबै मिले खोजिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
