क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए।

फाइल तस्वीर

काठमाडौँ– अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी गराएका हुन्। 

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि उनी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा थिए। नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएपछि उनी अमेरिका जानबाट बञ्चित भएका छन्। सन् २०१९ मा पनि सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको थियो।

आगामी जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा विश्वकप क्रिकेट हुन गइरहेको छ। त्यसको लागि नेपाली क्रिकेट टोली त्यहाँ पुगिसकेको छ।