बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको छ।
काठमाडौँ– राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ। तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।
बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गरेको हो। पराजित भएसँगै बैंगलुरु बाहिरिएको छ।
नरेन्द्र मोदी स्टेडियममा जितका लागि पाएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। राजस्थानका यशस्वी जैसवालले ४० रन बनाए। रियान परागले ३६ तथा सिमरन हेटमायरले २६ रनको योगदान दिए।
बैंगलुरुका मोहम्मद सिराजले २ तथा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। बैंगलुरुका रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रनको योगदान दिए।
राजस्थानका आवेश खानले ३, रविचन्द्रण आश्विनले २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए।
राजस्थानले अब फाइनल प्रवेशका लागि शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
