कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले छोटो पर्ने सडक निर्माण नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
कञ्चनपुर– महेन्द्रनगर र डडेलधुराको भित्री मधेश जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ।
विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नागार्जुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा पनि सडकको नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ। हालसम्म सडक निर्माणका लागि चार पटक म्याद थप हुँदासमेत निर्माणले पूर्णता पाउन सकेको छैन।
कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले छोटो पर्ने सडक निर्माण नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। उक्त सडक निर्माण नहुँदा डडेलधुराको भित्री मधेसका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।
“डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दूरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ”, डडेलधुराको जोगबुढाका रामबहादुर बुढामगरले भने, “यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ।”
उहाँले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको उत्पादन बिक्रीका लागि पनि समस्या हुने गरेको बताए। “सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल, तरकारी महेन्द्रनगर बजार लगेर बिक्री गर्न सहज हुन्थ्यो”, उनले भने, “सडक निर्माण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए।”
सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताए। “बनेका पर्खाल र नाली जीर्ण हुदै गएका छन्”, जोशीले भने, “वर्षात्मा हरेक वर्ष सडकमा क्षति हुने गरेको छ।”
डडेलधुराको आधा जनसंख्या भएको भित्री मधेशलाई कञ्चनपुरसँग यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पका रूपमा रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निर्माणमा ढिलाइ भएको जनाएको छ। कार्यालयका सूचना अधिकारी आन सिंह डाँगाले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पूरा नभएको बताए।
“हरेक वर्ष वर्षात्मा बाढीले क्षति गर्ने गरेको छ, यसका कारणले पनि समस्या भएको छ”, उनले भने, “हालसम्म चार पटक म्याद थप भइसकेको छ, अहिले पनि म्याद थपको प्रक्रिया छ।” उनका अनुसार निर्माण व्यवसायीले १८ करोड ३६ लाख रुपैयाँ रकम भुक्तानी पाइसकेको छ। कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेलधुरा पुग्न १६५ किमी दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किमी पार गरेपछि पुगिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
