दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो। कोलकाता भने पहिलो क्वालिफायरमा हैदराबादलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्।
शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो। कोलकाता भने पहिलो क्वालिफायरमा हैदराबादलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो।
एमए चिदम्बरम स्टेडियम चेन्नाईमा १७६ रनको जिजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो। राजस्थानका ध्रुव जुरेलले सर्वाधिक ५६ तथा यशस्वी जैसवालले ४२ रन जोडे।
हैदराबादका शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए। प्याट कमिन्स र टी नटराजनका नाममा समान १-१ विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो। हैदराबादका हेनरिक क्लासनले सर्वाधिक ५० रन बनाए। राहुल त्रिपाठीले ३७ तथा ट्राभिस हेडले ३४ रनको योगदान दिए।
राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३-३ तथा सन्दीप शर्माले २ विकेट लिए। फाइनल आइतबार हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
