एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

शनिबार राति भएको फाइनलमा युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै उपाधि जितेको हो। 

काठमाडौँ– यस वर्षको एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ।

शनिबार राति भएको फाइनलमा युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै उपाधि जितेको हो। 

वेम्बली स्टेडियम, लन्डनमा युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो। ३०औँ मिनेटमा अलेजान्द्रो ग्रानाचोले गोल गर्दै टोलीलाई अग्रता दलाए। ३९औँ मिनेटमा कोबी माइनोले गोल गर्दै अग्रता दोब्बर पारे। सिटीका जेरेमी डोकुले १ गोल फर्काए।

गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडको‌ यो १३औँ एफए कप उपाधि हो।