प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
काठमाडाैँ– चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ। योसँगै कोलकाताले तेस्रो पटक आईपीएलको उपाधि जितेको छ। यसअघि सन् २०१२ र २०१४ मा कोलकाताले यो प्रतियोगिता जितेको थियो।
आइतबार राति टस जितेर पहिले ब्याटिङ गर्ने हैदरावादको निर्णय गलत सावित भयो। प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
जवाफमा कोलकाता नाइट राइडर्सले १०.३ ओभरमा मात्रै जित हात पारेको थियो। खेलको प्लेयर अफ द म्याच मिचेल स्टार्क भए।
कोलकाताको शुरूआत पनि खासै राम्रो हुन सकेन। सुनिल नारायण दोस्रो ओभरमा ६ रनको व्यक्तिगत स्कोरमा आउट भए। त्यसपछि रहमानुल्लाह गुरबाज र वेंकटेश अय्यरबीच लामो साझेदारी देखिएको थियो। गुरबाज ३२ बलमा ३९ रन बनाएर आउट भए। जहाँ वेंकटेश अय्यरले अविजित ५२ रनको इनिङ खेले।
गुरबाज आउट भएपछि कप्तान श्रेयस अय्यर मैदानमा आए र वेंकटेश अय्यरसँग मिलेर टोलीलाई जित दिलाए। हैदरावादका लागि शाहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए।
यसअघि सनराइजर्स हैदरावादको शुरूआत निकै खराब रह्यो र कोलकाताका बलरहरू पूर्णरूपमा हावी देखिएका थिए। कोलकाताका आन्द्रे रसेलले ३, हर्षित राना र मिचेल स्टार्कले २–२ विकेट लिए। नरेन र वरुणले १–१ विकेट लिए।
मिचेल स्टार्कले पहिलो ओभरमा अभिषेक शर्मालाई बोल्ड गरे। ट्राभिस हेड पनि खाता नखोलेर प्याभिलियन फर्किए। टोलीको मिडल अर्डरले पनि केही चमत्कार देखाउन सकेन। कप्तान प्याट कमिन्स बाहेक कुनै पनि ब्याट्सम्यानले २० रन भन्दा बढी रन बनाउन सकेनन्। कमिन्सले १९ बलमा २४ रन बनाए।
अभिषेक शर्मा, ट्राभिस हेड, राहुल त्रिपाठी, शाहबाज अहमद, अब्दुल समद, जयदेव उन्नाडकट र भुवनेश्वर कुमारले दोहोरो अंक छुन सकेनन्।
अहिलेसम्म सबैभन्दा धेरै पटक चेन्नई सुपर किंगले पाँच पटक आईपीएल जितेको छ। मुम्बई इन्डियन्सले चार पटक र कोलकाताले तीन पटक यो प्रतियोगिता जितेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
