कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ– नेपालमा स्थानीय वायुसँगै पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।
जसका कारण कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली तथा मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, मधेशलगायत देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
यसैगरी, राति पनि कोशी, मधेश, बागमती र गण्डकीमा साधारणदेखि पूर्ण बदली रहनेछ। कोशीका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
