विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियम डलासमा सोमबार राति भएको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित भएको हो। 

काठमाडौँ– आईसीसी टी२० विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको छ।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियम डलासमा सोमबार राति भएको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित भएको हो। 

१८४ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अलआउट भयो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए।

अनिल साहले २४, आशिफ शेखले २२ तथा कुशल भुर्तेलले १० रनको योगदान दिए। क्यानडाका डिलोन हेलिगरले ४ विकेट तथा जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

निकोलस किर्टोनले सर्वाधिक ५२ रन बनाए। रविन्द्रपाल सिंहले ४१ तथा नवनीत धलिवालले ३२ रन जोडे। डिलोन हेलिगर १३ रनमा नटआउट रहे।

नेपालका अभिनाश बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशीले समान १-१ विकेट लिए।