सुर्खेत जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत

ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिपमा ६ जना सवार थिए। घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँ– सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जिप सुर्खेतको रातानाङ्ला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। 

वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बिहीबार बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु तथा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रविर विश्वकर्माका अनुसार मृत्यु हुनेमा कालिकोट शुभकालिका-३ का तन्त बिक, नमराज बिक र वीरेन्द्र बिक तथा भैरवी-४ का महेन्द्र शाही रहेका छन्। 

घाइते शुभकालिका-३ का नरि विक र चालक खाडाचक्र नपा-९ का नरेन्द्र विष्टको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 

६ जना सवार जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।