यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– नेपालमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।