देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीसहित बाँकी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

जसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीसहित बाँकी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।