शनिबार बिहान किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली अल नासरलाई पराजित गर्दै अल हिलाल च्याम्पियन बनेको हो।
काठमाडौँ– तनावपूर्ण खेलमा अल नासरलाई पराजित गर्दै अल हिलालले किङ्स कपको उपाधि जितेको छ।
शनिबार बिहान साउदीको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली नासरलाई ५–४ ले पराजित गर्दै हिलाल च्याम्पियन बनेको हो।
निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटाउटबाट लिइएको थियो। खेलको सातौँ मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट हिलालले अग्रता लिएको थियो। ८८औँ मिनेटमा नासरका एमन याह्याले बराबरी गोल फर्काएका थिए।
५६औँ मिनेटमा अल नासरका गोलरक्षक डेभिड ओस्पिना रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। ८७औँ मिनेटमा अल बुलाही रातो कार्ड पाएर बाहिरएपछि हिलाल पनि १० खेलाडीमा समेटियो। त्यसपछि थपिएको समयमासमेत गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो।
अल हिलालले यही सिजन प्रो लिग र सुपर कपसमेत जितिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
