लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा जर्मन टोली डर्टमन्डलाई हराउँदै रियलले कीर्तिमानी १५औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।
काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ।
शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा रियलले जर्मन टोली डर्टमन्डलाई २–० ले हराउँदै कीर्तिमानी १५औँ पटक उपाधि जितेको हो।
रियलको जितमा ७४औँ मिनेटमा ड्यानी कार्भाजाल र ८३औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरे।
मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भने प्रशिक्षकका रूपमा पाँचौँ पटक च्याम्पियन्स लिग जितेका छन्। “यो सपना जस्तो देखिन्छ। म पक्कै पनि खुशी छु,” जितपछि एन्सेलोटीले भने, “यो साँच्चै गाह्रो खेल थियो। उनीहरूले पहिलो हाफमा राम्रो खेले र हामीले दोस्रो हाफमा राम्रो खेल्यौँ। हामीले लिग र कप जितेर राम्रो सिजन बितायौँ।”
डर्टमन्ड भने सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो पटक डर्टमन्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
