यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी तथा लुम्बिनीमा हावाहुरीसमेत चल्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

त्यसैगरी, राति कोशी, मधेश र बागमतीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।