टी२० विश्वकप: घरेलु टोली अमेरिकाको विजयी शुरूआत

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

काठमाडौँ– घरेलु टोली अमेरिकाले आईसीसी टी२० विश्वकप क्रिकेटमा विजयी शुरूआत गरेको छ।

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

अमेरिकाका लागि आरोन जोन्सले नटआउट ९४ रनको योगदान दिए। उनले ४० बलमा १० छक्का र ४ चौका प्रहार गरे। एन्ड्रिस गोउसले ४६ बलमा ६५ रन बनाए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए। 

क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले समान १–१ विकेट लिए। डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। 

क्यानडाका नभनित धलिवालले ६१ रनको योगदान दिए। उनले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।

श्रीयस मोभा १६ बलमा ३२ रनमा नटआउट रहे। अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान १–१ विकेट लिए।