देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश,कर्णाली र लुम्बीनीमा हावाहुरीको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।