बुधबार राति न्युयोर्कमा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ। ९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– भारतले आईसीसी टी२० विश्वकप २०२४ मा विजयी शुरूआत गरेको छ। बुधबार राति न्युयोर्कमा भएको आफ्नो पहिलो खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको हो।
९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्यो। भारतका रोहित शर्माले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। ऋषभ पन्त ३६ रनमा अविजित रहे।
आयरल्यान्डका मार्क एडेयर र बेन व्हाइटले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा ९५ रन बनाएर आलआउट भयो। आयरल्यान्डका ग्यारेथ डिलेनीले २६, जोश लिटलले १४ तथा कर्टिस क्याम्फरले १२ रन बनाए।
भारतका हार्दिक पन्ड्याले ३ विकेट, जस्प्रित बुम्राह र अर्शदिप सिंहले समान २-२ तथा अक्षर पटेल र मोहम्मद सिराजले १-१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
