हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
काठमाडौँ– नेपालमा स्थानीय पश्चिमी र भारतको उत्तर प्रदेशदेखि बांग्लादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम,कर्णाली, लुम्बीनी र कोशीका एक-दुई स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
यसैगरी, राति कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी ,बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
