विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।

फाइल तस्वीर।

काठमाडौँ– फिफा विश्वकप २०२६ को एशियाली छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल पराजित भएको छ। साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो।

यूएईले खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप २ गोल गरेको थियो। यूएईका लागि हरिब अब्दुल्लाह अल्मुसरखले २ गोल गरे । अली सलेह अम्रो र हाजिम अब्बासले समान १–१ गोल गरे।

यससँगै ५ जितका साथ यूएई १५ अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ। ५ हार बेहोरेको नेपाल भने अंकविहीन छ। नेपालले अन्तिम खेल यही जेठ २९ गते यमनसँग खेल्नेछ।