सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो।
काठमाडौँ– आईसीसी टी२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई हराएको छ। बिहीबार ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा अमेरिका सुपर ओभरमा ५ रनले विजयी भएको हो।
१६० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो।
१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो। अमेरिकाका मोनांक पटेलले सर्वाधिक ५० रन बनाए। आरोन जोन्सले ३६, एन्ड्रिस गौसले ३५, तथा नितेश कुमारले १४ रन बनाए।
पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।
पाकिस्तानका बाबर आजमले सर्वाधिक ४४ बनाए। सादब खानले ४०, शाहिन शाह अफ्रिदीले २३ तथा इफ्तिखर अहमदले १८ रनको योगदान दिए।
अमेरिकाका नोष्थुश केजिंगेले ३ विकेट लिए। सौरभ नेत्रवालकरले २ तथा अली खान र जसदीप सिंहले समान १–१ विकेट हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
