१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।
काठमाडौँ– रासिद खान र फजहल फारुकीको घातक बलिङमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको जित दर्ता गरेको छ।
शनिबार गुयानामा १६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अलआउट भयो। यससँगै टी२० आईमा अफगानिस्तानले न्युजिल्यान्डलाई पहिलो पटक हराएको छ।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ र म्याट हेनरीले १२ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए। २ विकेट मोहम्मद नाबीका नाममा रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो।
रहमनुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए। उनले ५६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। इब्राहिम जादरानले ४१ बलमा ४४ रन जोड्दै आउट भए।
न्युजिल्यान्डका ट्रेन बोल्ट र म्याट हेनरीले समान २–२ तथा लोकी फर्गुसनले १ विकेट लिए।
जारी विश्वकपमा अफगानिस्तानको यो लगातार दोस्रो जित हो। यसअघि युगान्डालाई १२५ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
