कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

 दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

लन्डन– नेपालमा स्थानीय, पश्चिमी तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक  प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।