एक दशकअघि शुरू भएको सफाइ अभियानले चेतना जगाए पनि फोहोर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहोर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ।
काठमाडौँ– सुन्दरीजलस्थित बागमतीको मुहान क्षेत्रबाट सफाइ अभियान शुरू गरिएको छ। गुह्येश्वरीमाथिको बागमतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले शनिबार मुहान क्षेत्रका फोहोर टिपेर अभियान थालनी गरेका हुन्।
मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहोर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। बागमती सफाइले मात्र नहुने भएकाले बागमती बचाउ अभियान नै शुरू गरिएको उनको भनाइ छ।
एक दशकअघिदेखिको सफाइ अभियानले चेतना जगाए पनि फोहोर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहोर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ। गुह्येश्वरीमाथिको बागमती सफाइको ५३८औँ हप्ता पूरा भइसकेको छ। अभियानले अब प्रत्येक हप्ताको शनिबार बागमती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले बताए।
यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ५७८औँ हप्ताको सफाइ तीनकुनेस्थित बागमतीमा गरिएको छ। सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। व्यवस्थापन गरिएको फोहोर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो।
२०७० जेठ ५ देखि बागमती सफाइ महाअभियान शुरू भएको हो। बागमतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र परिवर्तन हुन नसक्ने अतियन्ताहरूले बताउन थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
