सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।
काठमाडाैँ– सन्दीप लामिछाने आईसीसी टी २० विश्वकप क्रिकेट खेल्न पाउने भएका छन्। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपअन्तर्गत उनी वेस्ट इन्डिजमा हुने खेलहरूमा सभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। बलात्कार मुद्दामा सफाइ पाए पनि अमेरिकाले भिसा नदिँदा उनी त्यहाँ भइरहेका खेलमा सहभागी हुन पाएका थिएनन्।
उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ। लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाइ छ। पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेर सन्दीपलाई टोलीमा समावेश गर्ने निर्णय भएको क्यानले जनाएको छ।
‘जारी आईसीसी पुरुष टी२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ।
साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेकोसमेत क्यानले प्रष्ट पारेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
