मनसुनी प्रणालीको प्रभाव, विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी भूभागमा स्थानीय, पश्चिमी तथा विहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।