सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो।
काठमाडौँ– आईसीसी टी२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ।
सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो।
११४ रनको विजयी लक्ष्य पछ्याएको बांग्लादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।
बांग्लादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रनको योगदान दिए। महमदुल्लाह २० तथा नजमल हसन शान्टो १४ रनमा आउट भए।
दक्षिण अफ्रिकाका केशव महाराजले ३ विकेट लिए। कागीसो रबाडा र एनरिच नोर्ट्जेका नाममा समान २-२ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो। हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए। डेविड मिलरले २९ तथा क्विन्टन डीककले १८ रनको योगदान दिए।
बांग्लादेशका तान्जिम हसन सकिबले ३ तथा तास्किन अहमदले २ र रिशाद होस्सेनले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
