देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। 

बाँकी भूभागमा स्थानीय, पश्चिमी तथा विहार आसपास बनेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।