अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।
काठमाडौँ– आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो।
यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। नेपालको दुई खेलबाट १ अंक भएको छ। नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।
श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बांग्लादेशसँग २ विकेटले पराजित भएको थियो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा जेठ ३२ गते दक्षिण अफ्रिका र असार २ गते बांग्लादेशसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
