कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

काठमाडौँ– पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव कायम छ। बाँकी भूभागमा स्थानीय, पश्चिमी तथा विहार आसपास बनेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभाव छ। 

जसका कारण कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उक्त स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति पनि देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा चट्यासहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

साथै, कोशी र मधेशका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।