वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो।
काठमाडौँ– आईसीसी टी२० विश्वकप क्रिकेट प्रतियोगितामा बांग्लादेशले नेदरल्यान्ड्समाथि २५ रनको जित हासिल गरेको छ।
वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो।
नेदरल्यान्ड्सका एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए। विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए।
बंग्लादेशका होसेनले ३ तथा तास्किन अहमदले २ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बांग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रनको योगफल बनाएको थियो।
बांग्लादेशका शाकीब अल हसनले सर्वाधिक ६४ रन जोडे। तान्जिद हसनले ३५, महमुदुल्लाहले २५ तथा जाकेर अलीले १४ रन बनाए। नेदरल्यान्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले समान २–२ विकेट लिए।
यो जितसँगै समूह ‘डी’मा रहेको बांग्लादेशको ३ खेलमा ४ अंक भएको छ। नेदरल्यान्ड्सको समान खेलमा २ अंक छ। त्यस्तै सोही समूहमा रहेको नेपालको भने २ खेलमा १ अंक मात्र छ। श्रीलंकाको ३ खेलमा एक अंक छ। नेपाल र दक्षिण अफ्रिकाको खेल शनिबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
