दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।

काठमाडौँ– आईसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

वेस्टइन्डिजको सेन्टभिसेन्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो। 

दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए।