दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

काठमाडौँ– आईसीसी टी२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ। यससँगै नेपाल विश्वकपबाट बाहिरिएको छ। 

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो।

नेपालका आशिफ शेखले ४९ बलमा सर्वाधिक ४२ रनको योगदान दिए।

नेपालका अनिल साहले २७ रन बनाए। कुशल भुर्तेल १३ रनमा आउट भए। सोमपाल कामीले ८ तथा गुल्शन झाले ६ रन बताए कप्तान रोहित पौडेल शून्यमा आउट भए। 

वेस्टइन्डिजको सेन्टभिसेन्टमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।  

दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चिए।