संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका हरेरामलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए।
काठमाडौँ– असनचोकबाट बांगेमुढातिर लाग्दा हार्मोनियमको आवाज नसुन्ने सायदै होलान्। पुरानो र साँघुरो घर। त्यही घरको पहिलो तलामा छ, ‘हरेराम म्युजिक सेन्टर’।
हरेराम शाह अर्थात् ‘हार्मोनियम मिस्त्री’। बुबा थाकाराम शाहको पाँच छोरामध्ये जेठा हुन् हरेराम। हरेरामले जे जति सिके आफ्नो बुबासँगै सिके। बुबासँग १५ वर्षको उमेरमा हार्मोनियम बनाउन नेपालका विभिन्न जिल्ला चहारे। २०३४/३५ सालतिर मात्र असनको न्हैकंनतलाको घरमा डेरा गरेर हार्मोनियम मर्मत गर्न थालेका हुन्। त्यस समयदेखि उनी हार्मोनियम मर्मतमै सक्रिय छन्।

उमेरले ६ दशक काटिसकेका छन्। प्रत्येक दिन आफ्नो म्युजिक सेन्टरमा हार्मोनियम मर्मत गर्न व्यस्त हुन्छन्। “पुर्ख्यौली पेसा भएर होला पहिले जस्तै जोसले काम गरिरहेको छु। तर आँखालाई भने चस्मा नभई नहुने भएको छ,” उनले सुनाए।
हार्मोनियम मिस्त्री मात्रै होइन, वादक पनि हुन् उनी । १६–१७ वर्षको उमेरमा गायक एवं संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका उनलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए। गुरुङले हरेरामलाई आफ्नो वाद्यवादक टोलीमासमेत राखेका थिए।

पाकिस्तानी गजल सम्राट गुलाम अलिदेखि नेपालका महान् सांगीतिक हस्तीहरूले पत्याएका हरेराम आफ्नो पसलमा हार्मोनियम मर्मत गर्न आउने जोकोहीसँग नम्र हुन्छन्। मिठो बोल्ने गर्छन् र संगीतसाधना गर्न हौसला दिन्छन्। तीन सन्तानका बुबा हुन्। यही कामबाट दुई छोरा र एक छोरीलाई डाक्टर बनाउन सफल भएको उनले सुनाए।

अहिले भने १७ वर्षीय चन्दन झा र इन्द्रजीत शाहलाई हार्मोनियम मर्मतको तालिम दिइरहेका छन्। “एकबाट अर्कोमा हस्तान्तरण नगरे त लोप भई हाल्छ नि। त्यही भएर नयाँ पुस्तालाई पनि सिकाउँदै छु,” उनले भने।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
