कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी भूभागमा स्थानीय, पश्चिमी तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, गण्डकी र बागमतीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।