युरो कप: स्पेन र इटलीको विजयी शुरूआत

स्पेनले क्रोएशियालाई ३–० ले पराजित गरेको हो। स्पेनको जितमा अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले १–१ गोल गरे। 

काठमाडौँ– जर्मनीमा जारी युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित दर्ता गरेको छ। 

शनिबार राति स्पेनले क्रोएशियालाई ३–० ले पराजित गरेको हो। स्पेनको जितमा अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले १–१ गोल गरे।  

जितसँगै ३ अंक जोडेको स्पेन समूह ‘बी’को शीर्षस्थानमा छ। 

यही समूहमा रहेको साबिक विजेता इटलीले युरो कपमा डेब्यु गरेको अल्बानियालाई २–१ ले पराजित गरेको छ। खेल शुरू भएको पहिलो मिनेटमा नै अग्रता लिएर अल्बानियाले सनसनी मच्चाएको थियो।

नेदिम बज्रामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर इटालीका लागि एलेजान्द्रो बास्टोनी र निकोलो बरेलाले गोल गर्दै जित दिलाए। 

समूह ‘ए’को अर्को खेलमा स्वीट्जरल्यान्डले हंगेरीलाई ३–१ ले पराजित गरेको थियो।