इंग्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५–५ अंक भए पनि इंग्ल्यान्ड नेट रन रेटका आधारमा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो।
काठमाडौँ– आईसीसी टी२० विश्वकपको समूह चरणमा अस्ट्रेलियासँग स्कटल्यान्ड पराजित भएपछि इंग्ल्यान्ड सुपर आठमा पुगेको छ।
साबिक विजेता इंग्ल्यान्डलाई अघिल्लो चरण प्रवेशका लागि अस्ट्रेलिया विजयी हुनुपर्ने थियो। यसअघि नै सुपर आठमा स्थान बनाइसकेको अस्ट्रेलियाले आइतबार बिहान भएको खेलमा २ बल बाँकी छँदा जित हासिल गरेको थियो।
इंग्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्डभन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो। समूह ‘बी’मा दुवैको ५-५ अंक भए पनि नेट रन रेटमा पछि परेको स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो। अस्ट्रेलियाले उक्त लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
