टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।
काठमाडाैँ– आईसीसी टी२० विश्वकपमा बांग्लादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
किंग्सटाउनस्थित ओर्नोस वेल ग्राउन्ड, सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको हो। बांग्लादेशका शकिब अल हसनले सर्वाधिक १७ रन बनाए। २२ बल खेलेका उनले दुई चौका प्रहार गरे। महमुदुल्लाह १३, रिशाद हुसेन १३, जाकर अली १२ र लिटनकुमार दास १० रनमा आउट हुँदा तस्किन अहमद १२ रनमा अविजित रहे।
नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले समान २/२ विकेट लिए। यससँगै लेग स्पिनर लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन्।
टी२० विश्वकप २०२४ अन्तर्गत बांग्लादेशविरुद्धको खेलमा २ विकेट लिएसँगै उनको नाममा उक्त कीर्तिमान बनेको हो। ५४ टी–२० आई खेलेर उनले १०० विकेट लिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
