१०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।
काठमाडौँ– आईसीसी टी–२० विश्वकपमा नेपाल बांग्लादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।
एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको नेपाल टेस्ट राष्ट्रलाई हराएर इतिहास रच्ने लक्ष्यमा थियो। तर, बांग्लादेशको बलिङसामु नेपाली टोलीले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेन। योसँगै एक दशकपछि टी–२० विश्वकप खेल्ने अवसर पाएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको छ।
कुशल मल्लले २७, दिपेन्द्रसिंह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए। बांग्लादेशका तान्जिम हसिमले ४ ओभरमा मात्र ७ रन खर्चेर ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३ तथा शाकिब अल हसनले २ विकेट लिए।
यसअघि किंग्सटाउनस्थित ओर्नोस वेल ग्राउन्ड, सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो। सकिब अल हसनले १७ रन, रिशाद हसन र महमुदूल्लाह रियादले १३/१३ रन जोडेका थिए। यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ र१२ रन जोडे।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई/दुई विकेट लिए ।
यो जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ८ मा प्रवेश गरेको छ। श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको बांग्लादेश दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भएको थियो।
नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट तथा दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
