देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि यी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।