देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। 

बाँकी भूभागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

जसका कारण कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकीमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र गण्डकीमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।