कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ– मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकीका अधिकांश भूभागमा र लुम्बिनीका पूर्वी भूभागमा रहेको छ। बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा साधारणदेखि पूर्णतया बदली रहेको छ। गण्डकी, बागमती, कर्णाली र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै, गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति देशभर नै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
