कोशी, मधेश, बागमती र गण्डकीका अधिकांश र लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
काठमाडौँ– देशको पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन बिस्तारै पश्चिमतर्फ फैलिने क्रममा छ। कोशी, मधेश, बागमती र गण्डकीका अधिकांश र लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर नै मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। साथै कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
