सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले डीएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको हो।
आईसीसी टी२० विश्वकप अन्तर्गत जारी सुपर ८ मा वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै साउथ अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ। सर विवान रिचार्ड स्टडियममा सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले डीएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको हो।
वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पाँच बल बाँकी छदै सात विकेट गुमाएर १२४ रन बनायो। दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन बनाए। २७ बल खेलेका उनले चार चौका प्रहार गरे। हाइनरिक क्लासन २२ र कप्तान एडम मार्क्रम १९ रनमा आउट हुँदा मार्को यानसन २१ रनमा अविजित रहे।
वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक तीन विकेट लिए। आन्द्रे रसेल र अल्जारी जोसेफको नाममा समान २/२ विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। वेस्ट इन्डिजका तर्फबाट रोस्टन चेजले ५२ र केल मेअरले ३५ रन बनाए।
यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलबाट ६ अंक जोड्यो। दक्षिण अफ्रिकासँगै इंग्ल्यान्ड पनि सेमिफाइनल पुग्यो। इंग्ल्यान्डले समान खेलमा चार अंक जोड्यो। वेस्ट इन्डिज दुई र अमेरिका अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
