कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौँ– सोमबार राति सुनसरीको सप्तकोशी चतारा क्षेत्रमा भारी वर्षा भएको छ।
धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काई र झापाको अमरमनीबिर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण उक्त क्षेत्र आसपास भएर बग्ने सप्तकोशी, बिरिङ खोला र निन्दा खोलामा जलसतह बढेको छ। त्यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले बिरिङ खोला, निन्दा खोला, चिन्स्याङ खोला, स्यौती खोला र अन्य ससाना खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
