मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।
काठमाडौँ– अफगानिस्तान आइसिसी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो।
यस नतिजासँगै ग्रुप १ मा रहेको अस्ट्रेलिया सुपर आठबाटै बाहिरिएको छ।
किंग्सटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बताएको थियो। तर, वर्षाका कारण बांग्लादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बांग्लादेश १७.५ ओभरमा १०६ रनमा अलआउट भयो।
बांग्लादेशका लिटन दासले ५०, तौहिद हृदोएले १४ र सौम्य सरकारले १० रन बनाए।
अफगानिस्तानका राशिद खान र नवीन उल हकले ४–४ तथा फजलहक फारुकी र गुलबदिन नाबी १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले ४३, राशिद खानले १९, तथा इब्राहिम जद्रानले १८ रन जोडेका थिए।
बांग्लादेशका रिशाद होसैनले ३ तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
