देशभर मनसुनी वायुको प्रभाव, सिन्धुपाल्चोक र लमजुङमा भारी वर्षा

बागमती, कोशी र गण्डकीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनी वायुको प्रभावका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बागमती, कोशी र गण्डकीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङको खुदी बजार आसपासको क्षेत्रमा मंगलबार राति भारी वर्षा भएको छ। खुदी खोलालगायत सो क्षेत्र भई बग्ने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ। 

यस्तै, सिन्धुपाल्चोकको ढुंगे, तार्केघ्याङलगायत स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा हुनसक्ने सम्भावना रहेकोले मेलम्ची नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अनुरोध गरेको छ। 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा पूर्ण बदली रहनेछ। यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।