अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो।

काठमाडौँ– अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान सम्पन्न पहिलो सेमिफाइनमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो। 

ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो। अफगानिस्तानका कुनै पनि ब्याटर दक्षिण अफ्रिकाका बलरसामु टिक्न सकेनन्। अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ६७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो। उसका लागि रिजा हेन्डरिक्सले २९ तथा एडन मारक्रमले २३ रन जोडे।

बिहीबार राति हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दैछन्।