बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।
काठमाडौँ– आईसीसी टी२० विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्ने भएका छन्। बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक फाइनलमा पुगेको हो।
दक्षिण अफ्रिका भने अफगानिस्तानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ। भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो। दक्षिण अफ्रिकाको भने यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो। फाइनल खेल शनिबार बेलुका हुनेछ।
गयानामा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भयो।
इंग्ल्यान्डका ह्यारी ब्रुकले २५, कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ तथा लियम लिभिङस्टोनले ११ रन बनाए। भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३–३ विकेट लिए। जसप्रित बुम्राहका नाममा २ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। भारतका कप्तान रोहित शर्माले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। सूर्यकुमार यादवले ४७, हार्दिक पान्ड्याले २३, रवीन्द्र जडेजा १७ तथा अक्षर पटेलले १० रन बनाए।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ तथा रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल रशिदले समान १–१ विकेट लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
